अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८० हजार नाघेपछि त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनालाई लुकेको शत्रुको संज्ञा दिएका छन्।
ह्वाइट हाउसमा कार्यरत एक कर्मचारीमा कोरोना पोजिटिभ पाएपछि उनले भने, ‘एक जनामा आज कोरोना पोजिटिभ देखियो, तर आश्चर्यको कुरा उनी हिजो मात्रै कोरोना नेगेटिभ थिए। यो लुकेको शत्रु हो। योसँग हामी निकै होसियारी हुनुपर्छ।’
अमेरिकी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति ट्रम्पले हरेक दिन डेढ लाख परीक्षण भइरहेको जानकारी दिएका छन्। सोमबार मात्रै ९० हजारभन्दा बढीको परीक्षण गरिएको उनले बताए।
जोन हप्किन्सि विश्वविद्यालयका अनुसार अमेरिकामा अहिलेसम्म कोरोना संक्रमणबाट ८० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने साढे १३ लाख संक्रमित भइसकेका छन्।
प्रतिक्रिया