ad ad

समाज


खोटाङका दुई जनामा आरडिटी रिपोर्ट पोजेटिभ

खोटाङका दुई जनामा आरडिटी रिपोर्ट पोजेटिभ

नेपालखबर
बैशाख ३०, २०७७ मंगलबार १:४८,

लकडाउनको बेला काठमाडौँबाट खोटाङ गएका दुई जनामा (यापिड डाइग्नोस्टिक टेस्ट) आरडिटीमार्फत कोरोना परीक्षण गर्दा नतिजा पोजेटिभ आएको छ।

साकेला गाउँपालिका-२ रतन्छाका दुई जनाको आरडीटी रिपोर्ट पोजेटिभ देखिएको हो। पोजेटिभ नतिजा आएका दुई व्यक्तिको घरमा सिलबन्दी गरिएको गाउँपालिका अध्यक्ष अर्जुन खड्काले जानकारी दिए।

११ फागुनमा दुबईबाट काठमाडौँ आएर १२ वैशाखमा गाडी रिजर्भ गरी गाउँ पुगेका ५८ वर्षका पुरुष र काठमाडौं बस्दै आएका २३ वर्षीय युवकको आरडीटी रिपोर्ट पोजिटिभ देखिएको खड्काले जानकारी दिए।

२३ वर्षीय युवक पनि रिजर्भ गाडीमा १३ वैशाखमा काठमाडौँबाट घर गएका थिए। आरडीटी रिपोर्ट पोजेटिभ आए पनि कोरोना संक्रमण भए–नभएको पुष्टि हुन पीसीआरमार्फत परीक्षण गर्नुपर्ने हुन्छ।

आरडिटी पोजिटिभ देखिएकाहरुको परिवारका सदस्यहरुको पीसीआर परीक्षण गर्न थ्रोट स्वाब संकलन गरेर पठाउने तयारी गरिएको अध्यक्ष खड्काले जानकारी दिए।

काठमाडौंबाट गाउँ पुगेपछि उनीहरु १४ दिन क्वारेन्टाइन बसेर घर गएका थिए।

५८ वर्षीय पुरुष चढेको बा ४ ख २१२९ नम्बरको गाडीमा ३७ जना र २३ वर्षीय युवक चढेको बा ४ ख ५०२८ नम्बरको गाडीमार्फत ३८ जना सर्वसाधारण काठमाडौँबाट खोटाङ पुगेको रेकर्ड प्रहरीसँग सुरक्षित छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .