प्रतिनिधि सभा सदस्यको निर्वाचन अन्तर्गत काठमाडौँ-१ मा मतगणना सुरु भएको छ।
काठमाडौँ-१ मा भरखरै मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। केहीबेर अघि सम्पन्न सर्वदलीय बैठकले आजै मतगणना सुरु गर्ने निर्णय गरेको थियो।
काठमाडौँ-१ मा नेपाली कांग्रेसका प्रवल थापा क्षेत्री, नेकपा (एमाले)का मोहनराज रेग्मी, नेकपाकी मेनुका भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रञ्जु दर्शना र राप्रपाका रवीन्द्र मिश्र लगायत प्रतिस्पर्धामा छन्।
177
Shares

प्रतिक्रिया