काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० मा पनि मतगणना सुरु भएको छ।
कीर्तिपुरस्थित त्रिभुनव विश्वविद्यालयको स्मृति भवनमा भर्खरै मतगणना सुरु भएको निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्। केहीबेर अघि सम्पन्न सर्वदलीय बैठकले आजै मतगणना सुरु गर्ने निर्णय गरेको थियो।
सर्वदलीय बैठकको निर्णयअनुसार, दक्षिणकाली नगरपालिकाबाट मत गन्न सुरु गरिएको शर्माले बताइन्।
काठमाडौँ–१० मा नेपाली कांग्रेसका हिमाल कार्की, नेकपा (एमाले)का विनोद श्रेष्ठ, नेकपाकी रुपा महर्जन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रदीप विष्टलगायत प्रतिस्पर्धामा छन्।
114
Shares

प्रतिक्रिया