हिमाली क्षेत्रका ६ जिल्लामा बिहीबार हेलिकप्टरबाट मतपेटिका ढुवाइ गर्न थालिएको छ भने अन्य जिल्लामा शुक्रबार संकलन गरिने भएको छ।
प्रतिनिधि सभा सदस्यका लागि मतदान सकिएसँगै नेपाली सेनाको हेलिकप्टरबाट मतपेटिका ढुवानी गर्न थालिएको हो। बिहीबार साँझसम्म रसुवाको हेलिकप्टरबाट मतपेटिका ढुवानी गर्ने कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। रसुवाको पनि स्थलमार्गबाट ढुवानी हुने क्षेत्रबाट भने मतपेटिका ल्याउन कार्य जारी रहेको छ।
रसुवाबाहेक दोलखा, रूकुम पूर्व, बाजुरा, बझाङ र हुम्ला पनि बिहीबार केही ठाउँका मतपेटिका हेलिकप्टरबाट संकलन गरिएको छ। यी जिल्लामा शुक्रबार १२ बजेसम्म मात्रै मतपेटिका ढुवानी गरिसकिने जनाइएको छ।
अन्य हिमाली र पहाडी जिल्लामा पनि शुक्रबार मात्रै मतपेटिका संकलन गरिने भएको छ। स्थलमार्गबाट ढुवानी हुने क्षेत्रमा भने मतपेटिका संकलनको कार्य जारी रहेको छ।
Shares

प्रतिक्रिया