राजनीति


झापाबाट मतदान गर्दै विश्वप्रकाशले भने- भयरहित वातावरणमा मतदान गरौँ

झापाबाट मतदान गर्दै  विश्वप्रकाशले भने- भयरहित वातावरणमा मतदान गरौँ

नेपालखबर
फागुन २१, २०८२ बिहिबार ८:४३, काठमाडौँ

नेपाली कांग्र‍ेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन्।

पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ अन्तर्गत मेचीनगर ९ कविशिरोमणी माविको मतदान केन्द्रबाट बिहीबार बिहान साढे ७ बजे मतदान गरेका हुन्।

मतदानपछि उनले सबैलाई मतदान गर्न आह्वान गरेका छन्। उनले भनेका छन्, 'बिहानै मतदान गरियो । यो लोकतन्त्रको सबैभन्दा सुन्दर अभ्यास हो । म अपेक्षा गर्दछु यो अभ्यासमा जति पनि मतदाता हुनुहुन्छ सम्भव भएसम्म आफ्नो विवेकलाई प्रयोग गर्नुहुनेछ । आवेगमुक्त भएर मतदाताले अबको देशको समाधानका लागि आफ्नो निर्णय दिनुहुनेछ।'

कांग्रेसका केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजकसमेत रहेका उपसभापति शर्माले पार्टीको माहोल राम्रो रहेको प्रतिक्रिया दिएका छन्।

उनले भने, 'म नेपाली कांग्रेस पार्टीको एउटा प्रतिनिधिको रूपमा अहिले मतदान गरिरहँदै गर्दा निश्चय नै नेपाली कांग्रेस पार्टीको चुनाव चिन्ह रूखमा मतदान गरेको छु। र अपेक्षा गर्दछु नेपाली कांग्रेस पार्टी सबैभन्दा ठूलो दलका रुपमा निर्वाचनबाट विजयी हुँदैछ।'

कांग्रेसको माहोलबारे उनले थप भने, ' निर्वाचन अभियानका क्रममा करिब ४०-४५ जिल्ला सातै ओटा प्रदेशका सुदूरपश्चिमको डोल्पादेखि दिएर सुदूरपूर्वको सोलु पाँचथरसम्म मनाङदेखि लिएर मधेसको महोत्तरीसम्म पुगिरहँदै गर्दा नेपाली कांग्रेसको पक्षमा माहोल देखिएको छ । यो अभ्यासमा कहीँ पनि देशभरि आवेग र उत्तेजना बेगर सबैलाई मतदान गर्नलाई राजनीतिक दलहरूलाई सद्भावपूर्ण वातावरणमा भयरहित वातावरणमा सहयोग गर्नमा लागि म अपील गर्न चाहन्छु।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad