राजनीति


भोजपुर घटनाबारे महानिरीक्षक खनालद्वारा संसदीय समितिमा ‘ब्रिफिङ’

भोजपुर घटनाबारे महानिरीक्षक खनालद्वारा संसदीय समितिमा ‘ब्रिफिङ’

नेपालखबर
असार २५, २०७६ बुधबार ९:१५,

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भोजपुरमा नेत्र विक्रम चन्द समूहसँगको भिडन्तमा परी २ जनाको ज्यान गएको पुष्टि गरेका छन्।

प्रहरी महानिरीक्षक खनालले बुधबार बिहान बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भोजपुर नगरपालिकास्थित हाट बजार लाग्ने स्थानमा चन्द समूहको गोली प्रहारबाट प्रहरी जवान संजीव राई र जवाफी फायरका क्रममा सो समूहका ओखलढुंगा जिल्ला इन्जार्च ३५ वर्षीय नीरकुमार राईको मृत्यु भएको जानकारी दिएका हुन्।

गस्तीमा गएका प्रहरीमाथि सो समूहले गोली चलाएको र छातीमा गोली लागेका प्रहरी जवान संजीवको मृत्यु भएको उनको भनाई थियो। घटनामा परी घाइते भएका दुवै जनालाई अस्पतालले मृत घोषणा गरेको थियो।

प्रहरी महानिरीक्षक खनालले मृत सो समूहका ओखलढुंगा इन्चार्ज नीरको साथबाट एक थान चाईनिज पेस्तोल र ६ राउण्ड गोली पनि बरामद गरिएको बताए।

घटनामा परी घाइते भएका अर्का प्रहरी जवान सोमनाथ भट्टराईको जिल्ला अस्पताल भोजपुरमा उपचार भईरहेको छ। उनको कुईनामा गोली लागेको पनि प्रहरी महानिरीक्षक खनालले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad