प्रधानमन्त्री सुुशीला कार्कीले अब केही दिनमा देशको बागडोर जनप्रतिनिधिको हातमा पुग्ने बताएकी छन्।
सोमबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले आफू सधैँ न्याय र निष्ठाको पक्षमा उभिएको बताएकी छन्। ‘मैले सधैँ न्याय र निष्ठाको पक्षमा उभिएर काम गर्ने प्रयास गरेँ,’ कार्कीले भनिन्।
चुनाव नजिकिँएको बताउँदै अब केही दिनमै जनप्रतिनिधिले देश चलाउने उनको भनाइ थियो। ‘अब केही दिनमा यो देशको बागडोर तपाईँहरूले चुन्ने प्रतिनिधिहरूको हातमा पुग्नेछ,’ कार्कीले भनिन्।
होलीको शुभकामना दिँदै आउँदो प्रतिनिधि सभाको निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाउन पनि उनले आग्रह गरेकी छन्। ‘आउनुहोस्, होलीको खुसी साटौँ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘फागुन २१ गतेको निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाऔँ।’
Shares

प्रतिक्रिया