प्रतिनिधि सभा निर्वाचन आउन ३ दिन बाँकी रहँदा प्रधानमन्त्री सुशीला कार्कीले आज (सोमबार) राष्ट्रका नाममा सम्बोधन गर्दै छिन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार त्यसका लागि अहिले प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा प्राविधिक तयारी हुँदै छ।
‘प्रधानमन्त्रीज्यूले नजिकै आएको निर्वाचन र अन्य समसामयिक विषयमा राष्ट्रलाई सम्बोधन गर्दै हुनुहुन्छ’, उनले नेपालखबरसँग भने।
यही फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदै छ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण केपी ओली नेतृत्वको तत्कालीन सरकार ढलेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारको मुख्य जिम्मेवारी यही निर्वाचन गराउनु हो।
जेनजी विद्रोहका कारण नियमित समयअगाडि नै हुन लागेको यो निर्वाचनलाई विशेष ठानिएको छ।
Shares

प्रतिक्रिया