राजनीति


खाडीमा तनाव: प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान

खाडीमा तनाव: प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान

प्रधानमन्त्री सुशीला कार्की


नेपालखबर
फागुन १७, २०८२ आइतबार १७:३२, काठमाडौँ

खाडी देशहरूमा बढ्दो सैन्य तनाव र त्यसले नेपाली श्रमिकमा पार्न सक्ने असरबारे छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएकी छन्। प्रधानमन्त्रीले आजै साँझ बालुवाटारमा बैठक डाकेकी हुन्।

बैठकअघि प्रधानमन्त्री कार्कीले परराष्ट्रमन्त्री बालानन्द शर्मा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीलाई बालुवाटार बोलाएर पछिल्लो वस्तुस्थितिबारे जानकारी लिइन्। भेटमा प्रधानमन्त्रीले युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षा सुनिश्चित गर्न र आवश्यकता परेमा तत्काल उद्धारको कार्ययोजनातयार राख्न निर्देशन दिएकी थिइन्।

पछिल्लो समय इरान र इजरायलबीच बढ्दो तनावका कारण खाडी क्षेत्रका देशहरूमा सुरक्षा अवस्था गम्भीर मोडमा पुगेको छ। वैदेशिक रोजगारीका लागि सो क्षेत्रमा करिब १० लाखभन्दा बढी नेपाली कार्यरत रहेकाले त्यहाँको अस्थिरताले नेपालको रेमिट्यान्स अर्थतन्त्र र नागरिकको सुरक्षामा प्रत्यक्ष चुनौती थपेको छ।

यसअघि पनि सरकारले इजरायल-हमास युद्धका क्रममा २५० भन्दा बढी नेपालीहरूको स्वदेश फिर्ती गरेको थियो। आजको बैठकले मध्यपूर्वमा रहेका नेपालीहरूका लागि विशेष 'ट्राभल एडभाइजरी' जारी गर्ने सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad