नेपाली भूमि लिपुलेकमा भारतले सडक बनाएको विषयमा परराष्ट्र मन्त्रालयले नेपालका लागि भारतीय राजदूतलाई बोलाएर सोधपुछ गरेको छ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय राजदूत विनयमोहन क्वात्रालाई सोमबार मन्त्रालयमा बोलाएर लिपुलेकमा भएको निर्माणबारेमा औपचारिक धारणा माग गरेका हुन्।
‘परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रासँग परराष्ट्र मन्त्रालयमा भएको भेटमा सीमाको विषयमा नेपालको धारणाबारे जानकारी गराउनु भएको छ र यसै विषयमा एउटा कुटनीतिक नोट बुझाउनु भएको छ,’ परराष्ट्र मन्त्रालयले सोमबार जनाएको छ।
Foreign Minister Hon. @PradeepgyawaliK conveyed Government of Nepal's position on boundary issues to Ambassador of India to Nepal H.E. Mr. Vinay Mohan Kwatra at a meeting held at MoFA today and handed over a diplomatic note in this regard.
— MOFA of Nepal ?? (@MofaNepal) May 11, 2020
याे पनि:
नेपालले भन्यो: लिपुलेकमा भारतले द्विपक्षीय सहमति तोड्यो, यस्ता गतिबिधि रोकोस्
Shares

प्रतिक्रिया