राजनीति


काठमाडौँ-५ का आजपा उम्मेदवार पौडेलद्वारा ईश्वर पोखरेललाई समर्थन

काठमाडौँ-५ का आजपा उम्मेदवार पौडेलद्वारा ईश्वर पोखरेललाई समर्थन

नेपालखबर
फागुन १५, २०८२ शुक्रबार १८:१५, काठमाडौँ

आम जनता पार्टीबाट काठमाडौँ निर्वाचन क्षेत्र नं ५ का उम्मेदवार रहेका कोमल पौडेलले नेकपा (एमाले) का उम्मेदवार ईश्वर पोखरेललाई समर्थनको घोषणा गरेकी छन्।

समाजशास्त्री रहेका पौडेलले धापासीमा नेता पोखरेलको उपस्थितिमा आज आयोजित कार्यक्रममा राष्ट्रिय स्वाधिनताको रक्षा, जन समस्याको समाधान र उन्नत राष्ट्र बनाउने तीव्र आकाङ्क्षा लिएर घरदैलोमा पुग्दा जनताको मत, आफ्नो भावनासँग मेल खाने उम्मेदवार पोखरेल पाइएकाले उनका लागि समर्थन र ऐक्यबद्धता रहने घोषणा गरेकी हुन्।

उम्मेदवार पौडेलले देश र जनताको पक्षमा देशभरका एमालेका उम्मेदवारसँग सहकार्य गरेर सुरक्षित समृद्ध र बलियो राष्ट्र निर्माणमा योगदान गर्न आग्रह पनि गरिन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad