राजनीति


सुर्खेतपछि आज पोखरामा चुनावी सभा गर्दै कांग्रेस, गगन र विश्वप्रकाशले सम्बोधन गर्ने

सुर्खेतपछि आज पोखरामा चुनावी सभा गर्दै कांग्रेस, गगन र विश्वप्रकाशले सम्बोधन गर्ने

फाइल तस्बिर


नेपालखबर
फागुन १५, २०८२ शुक्रबार १०:२८, काठमाडौँ

नेपाली कांग्रेसले आज पोखरामा चुनाव लक्षित आमसभा गर्दैछ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले आज पोखराको अमरसिंहचौरमा सभा गर्न लागेको हो। 

सभालाई पार्टीका सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्ने नेपाली कांग्रेस कास्कीका सहसचिव एवं प्रवक्ता नविन सिग्देलले जानकारी दिए।

आमसभामा प्रदेशभित्रका १८ वटै निर्वाचन क्षेत्रका उम्मेदवारसहित नेता तथा कार्यकर्ता सहभागी हुने कांग्रेसले जनाएको छ। 
    

आमसभामार्फत बदलिएको कांग्रेसको स्पष्ट विचार, नीति, कार्यशैली तथा आगामी योजनाबारे जनतालाई प्रत्यक्ष सन्देश दिइने सिग्देलले बताए। 

निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरूले आफ्नो प्रचारप्रसारलाई तीव्र बनाएका छन्।

कांग्रेसले बिहीबार कर्णाली प्रदेशको राजनधानी सुर्खेतमा सभा गेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad