राजनीति


ओलीको रणनीति: स्थानीयका समस्या सुनेर तत्कालै समाधानका योजना बनाउने

ओलीको रणनीति: स्थानीयका समस्या सुनेर तत्कालै समाधानका योजना बनाउने

नेपालखबर
फागुन १४, २०८२ बिहिबार ७:५५, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापाको कमल गाउँपालिका क्षेत्रका बिभिन्न स्थानमा पुगेर मतदातासँग भेटघाट गर्दैछन्। 

झापा निर्वाचन क्षेत्र नम्बर ५- एमाले निर्वाचन परिचलन समितिका संयोजक देवेन्द्र दाहालका अनुसार बिहीबार दिनभरी ओली कमल गाउँपालिका अन्गर्ततका बिभिन्न आठ स्थानमा पुगेर मतदातासँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ। 

बिहान ११ बजे कमल ५ को सिम्ले स्थित सिरिजङ्गा चोकमा ओलीले स्थानीयसँग भेटघाट गर्ने कार्यक्रम छ। त्यसैगरि साढे १२ बजे सोही वडाको झारबारीस्थित राधाकृष्ण मन्दिरमा पुगेर ओलीले स्थानीयसँग भेटघाट गर्नेछन् भने साढे १ बजे कमल ३ सानो केर्खामा मतदाता भेटघाट कार्यक्रम तय भएको छ। 

दिउँसाे साढे २ बजे कमल ४ को भलायोडाँडामा मतदातासँग भेटघाट कार्यक्रम राखिएको दाहालले जानकारी दिए। 

यहाँको भेटघाट सकिए लगत्तै साढे ३ बजे ओली कमल २ को भुत्लुङ पुग्नेछन्। त्यहाँ पार्टीको स्थानीय वडा कमिटीले भेटघाट कार्यक्रम  राखेको छ। 

यहाँको भेटघाट सकिए लगत्तै  सोही वडाको जीवन चोकमा ४ वजे भेटघाट गर्ने कार्यक्रम तय भएको छ।

त्यसैगरि अपरान्ह्र साढे ४ बजे कमल ४ र ६ मा पर्ने नयाँ बस्तिका बासिन्दा सँग ओलीले भेटघाट गर्ने कार्यक्रम छ। साँझ ५ बजे कमल ५ को रत्नपुर टोल मंलगबारेमा पुगेर मतदातासँगको आजको भेटघाट कार्यक्रम सम्पन्न गरिने निर्वाचन परिचालन कमिटीले जनाएको छ। 

भेटघाटको क्रममा स्थानीयले राखेका समस्या र सुझावका बिषयलाई लिएर बाँकी बिकास निर्माण कामको योजना बनाइने दाहालले बताए।

अध्यक्ष ओलीले जनतासँग प्रत्यक्ष टोलटोलमा पुगेर स्थानीयका समस्या सुनेर तत्कालै समाधानको योजना निर्माण गर्ने रणनीति बनाएका छन्। 

कार्यक्रम ओलीले सबैभन्दा बढी प्रथामिकता स्थानीय बालबालिका, महिला, बृद्धबद्धालाई दिने गरेका छन्। 

जो आफ्नो समस्या राख्न धेरै टाढा जान सक्दैनन् उनीहरुसँग घर तथा टोलमा नै पुगेर ओलीले कुरा सुन्ने गरेका उनको सचिावालयले जनाएको छ। 

हिजो मात्र ओलीले झापा ५ को गौरीगञ्ज गापाको ११ स्थानमा पुगेर मतदातालाई भेटेका थिए। 

आफ्नो पुरानो निर्वाचन क्षेत्र झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पनि उम्मेदवार बनेपछि चारपटक प्रधानमन्त्री बनिसकेका ओली निकै दबाबमा छन्। यहाँ ओली र बालेनबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad