प्रतिनिधि सभा निर्वाचनमा कञ्चनपुर-१ का प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार देपेन्द्रबहादुर शाही नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्।
बुधबार प्रलोपा उम्मेदवार शाहीसँगै कञ्चनपुर जिल्ला प्रमुख अमरसिंह विष्ट पनि नेकपामा प्रवेश गरेका हुन्। दुवै जना प्रलोपाका केन्द्रीय सदस्य पनि हुन्।
उनीहरूसँगै प्रलोपाका नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेको जनाइएको छ। नेकपा प्रवेश गरेपछि बोल्दै विना मगरलाई जिताउने अभियानमा लाग्ने बताए। कञ्चनपुर–१ मा नेकपाबाट विना मगर उम्मेदवार छिन्।
75
Shares

प्रतिक्रिया