राजनीति


ऋषिराम कट्टेललाई रिहा गर्न सर्वोच्चको आदेश

ऋषिराम कट्टेललाई रिहा गर्न सर्वोच्चको आदेश

नेपालखबर
फागुन १२, २०८२ मंगलबार १९:११, काठमाडौँ

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेललाई रिहा गर्न आदेश दिएको छ। 

मंगलबार सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले कट्टेललाई रिहा गर्न आदेश दिएको हो। उनलाई सर्वोच्च अदालतका सह-रजिस्ट्रारको रोहबरमा छोड्नु भनिएको छ। 

सर्वोच्चको आदेशमा भनिएको छ, ‘यस अदालतको मुद्दा महाशाखा हेर्ने सह-रजिस्ट्रारको रोहबरमा रिहा गर्नु भनी बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ।’

कट्टेलको पार्टीले प्रतिनिधि सभाको निर्वाचन बहिष्कार गरेको थियो। चुनाव बिथोल्न खोजेको भन्दै उनलाई माघ ६ गते पक्राउ गरिएको थियो। 
त्यसका विरुद्ध उनका छोरा रुपेश कट्टेलले फागुन ८ गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए। त्यसमाथि मंगलबार सुनुवाइ गर्दै सर्वोच्चले रिहा गर्न आदेश दिएको हो। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad