राजनीति


'स्वास्थ्यकर्मीलाई चुनावमा नखटाउनू'

'स्वास्थ्यकर्मीलाई चुनावमा नखटाउनू'

नेपालखबर
फागुन १२, २०८२ मंगलबार ५:१६, काठमाडौँ

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वास्थ्यकर्मीलाई नखटाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले निर्वाचनको समयमा सम्भावित दुर्घटनालाई ध्यान दिएर स्वास्थ्यकर्मी नखटाउन आग्रह गरिएको बताए।

उनले भने, 'निर्वाचनको समयमा हुनसक्ने दुर्घटना र अन्य आकस्मिक घटनाको जोखिमलाई हेरेर स्वास्थ्यकर्मी चौबिसै घण्टा तयारी अवस्थामा रहनुपर्ने हुन्छ। त्यसैले हामीले आयोगसमक्ष स्वास्थ्यकर्मीलाई निर्वाचनमा नखटाउन आग्रह गरेका छौँ।'

मन्त्रालयले निर्वाचनको समयमा स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहनसमेत आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad