नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभाको निर्वाचनमा चुपचाप नभइ प्रश्न गरेर मात्रै छाप लगाउन आग्रह गरेका छन्।
शुक्रबार इलामको फिक्कलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले आवेग र उत्तेजना नभई विवेकपूर्ण निर्णय गर्नुपर्ने बताए। ‘उत्तेजना र आवेगमा कोही उम्मेदवार वा दल हुन सक्छन्, तर देश आवेगले बन्दैन। मतदाताले नै भन्नुपर्छ- चुपचाप यो छाप, त्यो छापको नारा हामी मान्दैनौँ। हामी दल र उम्मेदवारलाई प्रश्न गर्छौं, जबाफ चाहन्छौँ,’ शर्माले भने।
त्यस्तै, जेनजी पुस्ताको आन्दोलनपछि राजनीतिक दल कति बदलिए भनेर पनि प्रश्न गर्न शर्माले आग्रह गरे। उनले भने, ‘नेपाली समाजका एक-एक असन्तुष्टिको पहिचान गरेर कसले दस्तावेज तयार गर्यो? विषम परिस्थितिमा संयम र समन्वयको भूमिका कसले निर्वाह गर्यो? घोषणा पत्रमा पूरा गर्न सकिने जिम्मेवार सपना छ कि जो होगा देखा जाएगा भन्ने अक्षरको भारी मात्र?’
यसअघि उनले पाँचथर र सोलुखुम्बुमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए। त्यहाँका चुनावी सभामा पनि उनले दल र उम्मेदवारलाई प्रश्न गरेर मात्रै मत दिन मतदातालाई आग्रह गरेका थिए।
Shares

प्रतिक्रिया