नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले सभापति गगन थापाको उम्मेदवारीले मधेसलाई सम्मानित बनाएको बताएका छन्।
बुधबार जनकपुरधाममा आयोजित प्रतिज्ञा सभालाई सम्बोधन गर्दै यादवले थापाको उम्मेदवारी मधेसका लागि सम्मानको विषय भएको बताएका हुन्। कांग्रेस सभापति थापा काठमाडौँ-४ छोडेर सर्लाही-४ बाट उम्मेदवार बनेका छन्।
सभालाई सम्बोधन गर्दै यादवले भने, ‘नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही-४ बाट उम्मेदवारी दिएर समग्र मधेसलाई सम्मानित बनाउनु भएको छ।’
थापाको उम्मेदवारीले मधेसमा कांग्रेसलाई बल मिलेको उनको भनाइ थियो। ‘मधेस कांग्रेसमय भएको छ। कांग्रेसबाहेक केही देखिँदैन,’ उनले भने।
प्रतिनिधि सभाको निर्वाचनमा मधेसका अधिकांश सिट जित्ने उनको दाबी थियो। ‘मधेसका ३२ मध्ये ३१ सिट जितिरहेका छौँ। एक सिट छोडेका छौँ,’ यादवले भने।
Shares

प्रतिक्रिया