राजनीति


रौतहटबासीलाई जंगलराज स्वीकार्य छैन: प्रभु साह

रौतहटबासीलाई जंगलराज स्वीकार्य छैन: प्रभु साह

नेपालखबर
फागुन ६, २०८२ बुधबार १३:४५, काठमाडौँ

आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई रौतहटबासीले जंगलराज स्वीकार्य नगर्ने चेतावनी दिएका छन्। 

बुधबार रौतहटको मर्यादपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै साहले जंगलराज स्वीकार गर्न नसकिने बताएका हुन्। मंगलबार रौतहटको महम्मदपुरमा आयोजित चुनावी कार्यक्रममा रास्वपाका कार्यकर्ताले हुलहुज्जत गरेका थिए। 

त्यसलाई लिएर आपत्ति जनाउँदै अध्यक्ष साहले अमर्यादित गतिविधि तत्काल नियन्त्रण गर्न स्थानीय प्रशासनलाई आग्रह गरे। ‘हिजो महम्मदपुरमा हाम्रो चुनावी कार्यक्रममा घण्टी छापको नाममा देखाईएको हर्कत निन्दनीय छ,’ साहले भने, ‘यसको विषयमा म रवि लामिछाने र बालेन शाहसँग सोध्न चाहन्छु- तपाईंहरूको सुशासन यही हो? अर्काको चुनावी कार्यक्रममा हुलदंगा गर्न भनेर कार्यकर्तालाई निर्देशन दिनुभएको हो र? यो त जंगलराज होईन र?’

आफ्नो पार्टीको कार्यक्रममा हुलदंगा गरी सामाजिक उपद्रो गर्ने रास्वपा कार्यकर्तालाई कारबाही नगरेर प्रतिकारमा उत्रिने उनको भनाइ थियो। ‘देशमा कानुनी शासन छ भने तत्काल दोषीलाई कारबाही होस। अन्यथा यहाँका जनताले ती हुलहुज्जत गर्नेहरूलाई प्रतिकार गर्नेछन्,’ साहले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad