राजनीति


निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान

निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान

नेपालखबर
फागुन ५, २०८२ मंगलबार १४:५६, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सफल पार्न आह्वान गरेका छन्। 

मंगलबार शेर्पा संघले आयोजना गरेको ग्याल्पो ल्होसार २१५३औँ मे फो त ल्हो (नयाँ वर्ष)को शुभकामना दिँदै राष्ट्रपति पौडेलले सबै मिलेर निर्वाचन सफल बनाउनुपर्ने बताएका हुन्। राष्ट्रपति पौडेलले लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम निर्वाचन भएको जिकिर गरे। 
‘लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम निर्वाचन नै हुने भएकोले फागुन २१ गतेको लागि तय भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई सफल पार्न आजको यस पावन् अवसरमा म सबैलाई आह्वान गर्दछु,’ पौडेलले भने। 

उनले सुशासनमार्फत समृद्धि आउने र समृद्धिबाट मुलुकमा शान्ति, स्थायित्व, राष्ट्रिय एकता सुदृढ हुने विश्वास व्यक्त गरे। ‘सुशासनमार्फत समृद्धिबाट नै मुलुकमा शान्ति, स्थायित्व र राष्ट्रिय एकता अझ सुदृढ हुन्छ,’ उनले भने। 

निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन सबै एक भएर लाग्नुपर्ने राष्ट्रपति पौडेलको भनाइ थियो। फागुन २१ गते प्रतिनिधि सभा को निर्वाचन हुँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad