राजनीति


आउँदो निर्वाचनबाट नेकपा पहिलो पार्टी बन्छ: अग्निप्रसाद सापकोटा

आउँदो निर्वाचनबाट नेकपा पहिलो पार्टी बन्छ: अग्निप्रसाद सापकोटा

नेपालखबर
फागुन ५, २०८२ मंगलबार १४:४९, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटाले आसन्न निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्ने दाबी गरेका छन्। 

मंगलबार नेकपा केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सापकोटाले देआफ्नो पार्टी निर्वाचनबाट पहिलो बन्ने निष्कर्षमा पुगेको जिकिर गरे। ‘आज बिहानको समेत रिर्पोट र हामी यहाँ बस्ने सबैको निष्कर्ष के छ भने हाम्रो पार्टी पहिलो पार्टी बन्छ,’ सापकोटाले भने। 

देशभरबाट आएको रिपोर्टमा ठूलो पार्टी भन्ने निष्कर्षमा पुगेको उनको भनाइ थियो। ‘नेपालको पहिलो पार्टी अब नेपाली कम्युनिस्ट पार्टी बन्छ भन्ने कुराको रिपोर्ट आईराखेको छ देशभरीबाट,’ उनले भने। 

उनले निर्वाचनको गरिमामा आँच नआउने गरी समाचार प्रशारण तथा प्रकाशन गर्न पनि आम सञ्चारमाध्याम नचुक्ने विश्वास समेत व्यक्त गरे।
‘नेपाली प्रेसले परिवर्तनको पक्षमा योगदान दिँदै आएको र त्यसलाई अझ सशक्त ढंगले अघि बढाउने कुरामा मैले जोड दिन चाहेको छु। 

नेता सापकोटाले निर्वाचनमा आचारसंहिता कार्यान्वयनको विषयमा गम्भिर हुन निर्वाचन आयोगको पनि ध्यानाकर्षण गराए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad