राजनीति


छापिए चार करोड मतपत्र, जिल्लामा पठाइँदै

छापिए चार करोड मतपत्र, जिल्लामा पठाइँदै

नेपालखबर
फागुन ५, २०८२ मंगलबार १२:१६, काठमाडौँ

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक गरी चार करोड मतपत्र छपाइ सकिएको छ। 

निर्वाचन आयोगले दिएको मतपत्र छपाइको जिम्मेवारी सोमबार साँझ सकिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले बताए। आजदेखि सबै मतपत्र ‘प्याकेजिङ’ सकेर सम्बन्धित प्रदेशमा ढुवानी गरिने पौडेलले बताए।

प्रत्यक्षतर्फ दुई करोड तीन लाख मतपत्र छपाइ गरिएको छ। ४२ दिनको कार्यतालिका लिएर छपाइ सुरु गरिएकामा ४० दिनमै सकिएको उनले जानकारी दिए। अब १० दिनभित्र सबै जिल्लामा मतपत्र पठाउने तयारी छ। 

केन्द्रले दैनिक १३ देखि १५ लाख मतपत्र छपाइ गर्दै आएको थियो। यस अघि १० लाख नमूना मतपत्र छपाइ सकेर आयोगले विभिन्न ठाउँमा पठाइसकेको छ। 

त्यस्तै, समानुपातिकतर्फका दुई करोड आठ लाख ३० हजार मतपत्र यसअघि छापिएका थिए। समानुपातिक मतपत्र जिल्लामा पठाउने काम भइरहेको केन्द्रले जनाएको छ। 

कर्णाली र सुदूरपश्चिममा सबै मतपत्र पुगिसकेको र बाँकी क्षेत्रमा पनि १० दिनभित्र मतपत्र पु¥याउने गरी काम भइरहेको प्रबन्ध निर्देशक पौडेलले बताए। प्रतिनिधि सभाको निर्वाचन फागुन २१ गते तय गरिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad