राष्ट्रिय सभाको चालु १९औँ अधिवेशन शुक्रबार राति १२ बजेबाट लागू हुनेगरी अन्त्य भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभाको चालु १९औँ अधिवेशन आगामी फागुन १ गते राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गरेका हुन्।
राष्ट्रिय सभाको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गर्दै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन अन्त्यको औपचारिक जानकारी गराए।
नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२ माघ २६ गतेको सिफारिसमा राष्ट्रपति पौडेलले सो अधिवेशन अन्त्य गरेका हुन्।
माघ २९ गते जारी गरिएको पत्रानुसार सम्वत २०८२ साल फागुन १ गते शुक्रबार राति १२ बजेदेखि चालु अधिवेशन स्वतः अन्त्य हुने उल्लेख छ।
सभाको बैठकमा अध्यक्षले राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउँदै १९औँ अधिवेशन आजै रातिबाट अन्त्य भएको घोषणा गरे।
Shares

प्रतिक्रिया