राजनीति


नयाँ चिनियाँ राजदूत काठमाडौँमा; भने- ‘चीन-नेपाल मित्रता अमर रहोस्’

नयाँ चिनियाँ राजदूत काठमाडौँमा; भने- ‘चीन-नेपाल मित्रता अमर रहोस्’

नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ (बायाँबाट पाँचौं) सिआओहोङलाई काठमाडौंस्थित चिनियाँ दूतावासका कर्मचारीले स्वागत गरेका थिए।


नेपालखबर
फागुन १, २०८२ शुक्रबार १६:१४, काठमाडौँ

नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङ शुक्रबार बिहान काठमाडौँ आइपुगेका छन्। एयर चाइनाको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका उनलाई चिनियाँ दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए।

निर्वतमान राजदूत छन सोङ आफ्नो कार्यकाल पूरा गरी फर्किएपछि चिनियाँ परराष्ट्र मन्त्रालयले चाङलाई नयाँ जिम्मेवारीसहित नेपाल पठाएको हो। 

काठमाडौँ आइपुगेलगत्तै उनले सामाजिक सञ्जाल 'एक्स'मार्फत नेपाली जनतालाई सम्बोधन गर्दै नेपाल–चीन सम्बन्धलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

राजदूत चाङले आफ्नो पहिलो सन्देशमा अंग्रेजी भाषामा लेखेका छन्, 'जनवादी गणतन्त्र चीनको तर्फबाट नेपालका लागि २३ औँ ‘असाधारण र सर्वाधिकार सम्पन्न राजदूत’ रूपमा नियुक्त हुन पाउनु मेरो ठूलो सम्मानको विषय हो। नेपाल आएदेखि नै यहाँका मिलनसार नेपाली जनताले मलाई न्यानो स्वागत गर्नुभएको छ।'

यसअघि चीनको विदेश मन्त्रालयको एसियाली मामिला विभागमा उप-महानिर्देशक रूपमा कार्यरत चाङलाई नेपाल मामिलामा अनुभवी कूटनीतिज्ञ मानिन्छ। यो विभागले नेपालसहित दक्षिण एसिया र समग्र एसियाली देशहरूसँगको सम्बन्ध हेर्ने गर्दछ।  त्यसअघि उनी चेकोस्लाभियाका लागि कार्यवाहक राजदूत (२०२१–२०२३) भएर काम गरेका थिए। 

चीन सरकारले उनलाई ‘असाधारण र सर्वाधिकार सम्पन्न राजदूत’ (एम्ब्यासडर एक्स्ट्राअर्डिनरी एन्ड प्लेनिपोटेन्सरी) हैसियतमा नेपाल पठाएको हो। बरिष्ठ कुटनीतिज्ञलाई विशेष मिसनमा खटिने कुटनीतिज्ञलाई मात्र यो भूमिका दिने गरिन्छ। 

काठमाडैं अइपुगेका नयाँ राजदूत चाङले नेपालमा रहँदा चिनियाँ राष्ट्रपति सी चिनफिङको तर्फबाट पूर्ण कुटनीतिक शक्ति प्रयोग गर्न पाउनेछन्। उनलाई चीनको तर्फबाट दुई पक्षीय सम्झौतामा हस्ताक्षर गर्ने अधिकार पनि हुनेछ।

चीनले अमेरिकाजस्ता ठूला शक्ति राष्ट्र र रणनीतिक छिमेकीहरूका लागि राजदूत, 'एम्ब्यासडर एक्स्ट्राअर्डिनरी एन्ड प्लेनिपोटेन्सरी' पठाउने गरेको छ। यस्ता राजदूतहरूको व्यक्तिगत 'प्रोफाइल' अरूभन्दा धेरै उच्च हुन्छ।

नयाँ राजदूत चाङले भनेका छन्, 'विकास र समृद्धिका लागि पुस्तौँपुस्तासम्म रहने मित्रतासहितको चीन-नेपाल रणनीतिक साझेदारीलाई प्रवर्द्धन गर्न म प्रतिबद्ध छु। चीन-नेपाल मित्रता अमर रहोस्।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad