नेपाली कांग्रेसका नेता विनोद चौधरीले अब देश विकासमा जुट्नुपर्ने समय आएको बताएका छन्।
शुक्रबार नवलपरासी पश्चिममा विभिन्न पार्टीबाट कांग्रेसमा प्रवेश गरेका नेता तथा कार्यकर्तालाई स्वागत गर्दै चौधरीले विकास निर्माण जुट्नुपर्ने वेला आएको बताएका हुन्। बर्दघाट, प्रतापपुर, सुस्ता र सरावल क्षेत्रबाट विभिन्न दलबाट स्थानीय नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन्।

पछिल्लो एक सातामा मात्रै उल्लेखनीय संख्यामा स्थानीय नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको चौधरीले बताए। युवादेखि विभिन्न पेशा र समुदायका व्यक्तिको सहभागिताले बदलिएको कांग्रेसप्रति जनताको भरोसा देखिएको उनको भनाइ थियो।
यो लहरले सम्पूर्ण हौसला मिलेको उनले बताए। ‘नयाँ र नवीन सोच खोजेका हरेक नेपालीको छाता नेपाली कांग्रेस हो। समाजका हरेक समूहको सोच र आवाज कांग्रेस पार्टीले बोकेको छ,’ चौधरीले भने, ‘अब चुनावमा कांग्रेसलाई जिताएर देश विकासमा जुट्नुपर्ने समय आएको छ।’
Shares

प्रतिक्रिया