राजनीति


मधेसबाट फर्किएका बालेन आज नुवाकोट, धादिङ र गोरखाको चुनावी अभियानमा

मधेसबाट फर्किएका बालेन आज नुवाकोट, धादिङ र गोरखाको चुनावी अभियानमा

फाइल तस्बिर


नेपालखबर
फागुन १, २०८२ शुक्रबार १३:३२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज नुवाकोट, धादिङ र गोरखा जिल्लाको चुनावी अभियानमा छन्। 

उनको सचिवालयले आज बालेन तीन जिल्लामा जनसम्पर्क तथा घण्टी अभियानमा रहेको जनाएको हो। 

नुवाकोटको छहरे, बिदुर र गल्छी, धादिङको गजुरी, मलेखु, धादिङबेँसी, सल्यानटार र आरुघाटमा आज बालेन जाँदैछन्। त्यसैगरि साँझ गोरखाको गोरखा बजारमा उनी पुग्ने चुनावी कार्यक्रम राखिएको बालेनको सचिवालयले जनाएको छ। 

बालेन गएको बुधबार मधेश प्रदेशको रोड-शो समापन गरी  राजधानी फर्किएका थिए। 

उनले आज पहाडका जिल्लामा पनि मधेसमा गरेजस्तै रोडशो गर्न लागेका हुन्। 

बालेन आफू उम्मेदवार रहेको झापा ५ का कार्यक्रम छाडेर अन्य जिल्लामा रास्वपाका उम्मेदवारलाई मत माग्दै हिँडिरहेका छन्। रास्वपाले बालेनलाई आगामी प्रधानमन्त्रीको रुपमा अघि सारेको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापा ५ मा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग बालेनको कडा प्रतिस्पर्धा हुने अनुमान छ। 

ओली र बालेन दुवैले यतिबेला आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेर मतदाता रिझाउने प्रयास गरिरहेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad