पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमा काठमाडौँ फर्किन लागेका छन्।
केही दिनदेखि झापामा रहेका शाह शुक्रबार दिउँसो काठमाडौँ फर्किन लागेका हुन्। उनलाई लिन कैलाश एयरको हेलिकप्टर झापास्थित हिमालयन चिया बगानमा अवतरण गरेको छ।
झापाको चिया बगानबाट हेलिकप्टर सिधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवरतण गर्ने जनाइएको छ।
स्वागतका लागि राजतन्त्र समर्थक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर भेला हुँदै छन्।
स्थानीय प्रशासनले भने विमानस्थल आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। विमानस्थल प्रवेशद्वार र आसापासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
147
Shares

प्रतिक्रिया