राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह र नेता डा. अमरेशकुमार सिंह सर्लाहीमा सँगसँगै ‘रोड शो’मा निस्केका छन्।
मधेसको चुनावी यात्रामा रहेका शाह सर्लाही पुगेका हुन्। बुधबार दिउँसो सर्लाही-४ मा ‘रोड शो’मा निस्केका छन्।

यो क्षेत्रमा रास्वपाको तर्फबाट अमरेशकुमार सिंह उम्मेदवार छन्। त्यस्तै, नेपाली कांग्रेसका सभापति गगन थापा पनि काठमाडौँ-४ छोडेर सर्लाही-४ बाटै उम्मेदवार बनेका छन्।
आफ्नो चुनावी प्रचारका लागि रास्वपा उम्मेदवार सिंहले वरिष्ठ नेता शाहलाई आफ्नो क्षेत्रमा ल्याएका हुन्। दुवैले चुनावी प्रचारका लागि ‘रोड शो’ गरेका छन्।

342
Shares

प्रतिक्रिया