राजनीति


ज्ञानेन्द्र कार्कीको प्रशंसा गर्दै गगनले भने- संसद्‌मा अनुभवी नेता चाहिन्छ

ज्ञानेन्द्र कार्कीको प्रशंसा गर्दै गगनले भने- संसद्‌मा अनुभवी नेता चाहिन्छ

नेपालखबर
माघ २७, २०८२ मंगलबार १४:३९, काठमाडौँ

नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरी-४ बाट पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई जिताएर पठाउन आग्रह गरेका छन्। 

मंगलबार सुनसरीको जमुवामा कार्यकर्ता भेटघाट कार्यक्रममा सुनसरीका चारै क्षेत्र कांग्रेसले जित्नसक्ने विश्वाससहित अघि बढ्न स्थानीय तथा कार्यकर्तालाई आग्रह गरे। कांग्रेसलाई विभाजनबाट रोक्नका लागि कार्कीले ठूलो साथ दिएको थापाको भनाइ थियो। 

‘पार्टीलाई एकढिक्का राख्ने क्रममा मलाई अत्यन्त ठूलो साथ दिनुभएका उहाँ (ज्ञानेन्द्रबहादुर कार्की) अनुभवी, परिपक्व अनि सबैलाई मिलाएर लैजानुपर्छ भनेर लाग्नुभएको थियो,’ थापाले भने।

भोलिको संसद्मा कांग्रेसभित्र सबैलाई मिलाएर लैजाने बेला आफूलाई कार्की जस्तो अनुभवी र अत्यन्त सकारात्मक सोच भएको नेता चाहिने उनको भनाइ थियो। ‘फेरि पनि मलाई के विश्वास छ भने, भोलिको संसद्मा कांग्रेसभित्र सबैलाई मिलाएर लैजाने बेला मलाई अनुभवी र अत्यन्त सकारात्मक सोच भएको नेता चाहिन्छ, संसद्मा मलाई ज्ञानेन्द्र दाइ चाहिएको छ,’ थापाले भने। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad