अभिनेत्री एव राजनीतिकर्मी रेखा थापाले बाहिरबाट आएका उम्मेदवारले नागरिकलाई न्याय गर्न नसक्ने बताएकी छन्।
सोमबार राति समाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै पर्यटक उम्मेदवारलाई मत दिन नहुने तर्क गरेकी हुन्। ‘हामीले परिवर्तनको नाममा पर्यटक उम्मेदवारहरूलाई जिताउनु हाम्रो भुल हुन सक्छ,’ थापाले भनेकी छन्।
उनले गत निर्वाचनताका आफूलाई भनेको पनि सम्झाएकी छन्। उनी २०७९ सालको निर्वाचनमा मोरङ-३ बाट उम्मेदवार बनेकी थिइन्। त्यतिवेला आफूलाई पर्यटक उम्मेदवार भनेको उनले स्मरण गराएकी छन्।
‘सम्झनुहोस्, टुरिस्टले आएर स्थानीयको आँसु पुछ्न सक्दैन। आफ्नो क्षेत्रको दुःख बुझ्न आफ्नै माटोको मान्छे चाहिन्छ भन्नु भएको थियो मलाई,’ थापाले भनेकी छन्।
उनी गत निर्वाचनमा राप्रपाका तर्फबाट उम्मेदवार बनेकी थिइन्। उनले १० हजार ९९८ मत पाएकी थिइन्। मोरङ–३ बाट नेपाली कांग्रेसका सुनिल शर्मा निर्वाचित भएका थिए।
Shares

प्रतिक्रिया