नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको नेतृत्वमा केन्द्रीय अनुशासन समिति गठन गरेको छ।
आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गुरुङको नेतृत्वमा केन्द्रीय अनुशासन समिति गठन गरेको हो। कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा (७) बमोजिम ३ सदस्यीय केन्द्रीय अनुशासन समिति गठन गर्ने निर्णय भएको कार्यबाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जनाएका छन्।
केन्द्रीय अनुशासन समितिमा केन्द्रीय सदस्यद्वय धना खतिवडा र सुवासकुमार पोखरेलाई सदस्य चयन गरिएको छ। निर्वाचन नजिकिँदै गर्दा अनुशासन समिति गठन गरिएको हो।
त्यस्तै, कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपसभापति विश्वप्रकाश शर्माद्वारा प्रस्तुत ‘नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका-२०८२’ र ‘नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका-२०८२’ लाई परिमार्जनसहित पारित गरेको छ।
सभापति गगन थापाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उपसभापति पुष्पा भुसाल, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, डा. डिला संग्रौला, मुक्ताकुमारी यादव, उदयशम्शेर राणा, योगेन्द्र चौधरी र प्रवक्ता देवराज चालिसेले धारणा राखेका थिए।
Shares

प्रतिक्रिया