राजनीति


बालिका किच्ने रास्वपा उम्मेदवारका गाडी चालकलाई ज्यान मुद्दा, ५ दिन थुन्न अनुमति

बालिका किच्ने रास्वपा उम्मेदवारका गाडी चालकलाई ज्यान मुद्दा, ५ दिन थुन्न अनुमति

नेपालखबर
माघ २३, २०८२ शुक्रबार १६:१८, काठमाडौँ

रौतहटमा चार वर्षीया बालिकालाई ठक्कर दिएर मृत्यु गराएको अभियोगमा पक्राउ परेका चालकविरुद्ध प्रहरीले 'सवारी ज्यान' मुद्दामा कानुनी प्रक्रिया अघि बढाएको छ। जिल्ला अदालत रौतहटले शुक्रबार चालक शेख मुस्ताखलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

परोहा नगरपालिका–३ का २७ वर्षीय मुस्ताखले चलाएको बा १५ च ४२४४ नम्बरको कारले बिहीबार दिउँसो इशनाथ नगरपालिका–३ मा स्थानीय अल्फा खातुनलाई किचेको थियो । चुनावी प्रचारका लागि तँछाडमछाड गर्दै दौडिरहेको उक्त गाडीको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको थियो।

प्रहरी अनुसन्धानका क्रममा उक्त कार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रौतहट क्षेत्र नम्बर २ का उम्मेदवार शेख सगिरको नाममा रहेको पुष्टि भएको छ। आफ्नै उम्मेदवारको चुनावी प्रचारमा हुइँकिएको गाडीले बालिकाको ज्यान लिएपछि राैतहटबासीले यतिबेला रास्वपाको राजनीतिमाथि प्रश्न उठाइरहेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी विष्णुप्रदीप बस्यालले अदालतबाट ५ दिनको म्याद थप भएसँगै दुर्घटनाको प्राविधिक पक्ष र चालकको लापर्बाहीबारे गहन अनुसन्धान भइरहेको बताए। "हामीले चालकलाई हिरासतमा लिएका छौँ, कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढ्छ," डीएसपी बस्यालले भने ।

प्रत्यक्षदर्शीका अनुसार बालिकालाई ठक्कर दिएपछि पनि गाडी नरोकिएको र पछाडिको पाङ्ग्राले समेत किचेको तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भएका छन्। 

यो पनि: 

बालिका मृत्यु घटनाको छानबिन गर्न स्थानीय प्रशासनलाई सहयोग गर्छौं: रास्वपा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad