ad ad

राजनीति


भारतका क्वारेन्टिनबाट नेपालीलाई जवर्जस्ती निकालियोः सांसद पौडेल

भारतका क्वारेन्टिनबाट नेपालीलाई जवर्जस्ती निकालियोः सांसद पौडेल

नेपालखबर
बैशाख २६, २०७७ शुक्रबार १३:८,

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले भारतमा समस्यामा रहेका २५ हजारभन्दा बढी नेपाली नागरिकलाई स्वदेश फर्काउन सरकारसँग आग्रह गरेकी छन्।

सीमा क्षेत्रमा क्वारेन्टिनमा रहेका र भारतका अन्य क्षेत्रमा अफ्ठ्यारोमा परेका २५ हजारबढी नागरिकलाई सुरक्षित रुपमा नेपाल फर्काउन उनले सरकारसँग आग्रह गरिन्। भारतको विभिन्न क्वारेन्टिनमा रहेका नेपालीहरुले खाना समेत नपाएको अवस्थामा तत्काल उद्धार गर्न उनले आग्रह गरिन्।

उनले भनिन्, ‘हलद्वानीमा रहेको क्वारेन्टिनमा १७ जना छन्। उनीहरुलाई खाना दिन सक्दैनाैं भनेर क्वारेन्टिनबाट निकालिएको छ। पलियामा २ सय जना रहेको छन्। उनीहरुलाई क्वारेन्टिनमा हुँदा एक छाक दिइयो र अहिले निकालिएको छ। जसले गर्दा नेपाली नागरिकहरुको अवस्था दयनीय बनेको छ। बेखर्चि र दयनीय अवस्थामा रहेका नेपालीको तथ्याङ्क संकलन गरी नेपाल फिर्ता ल्याउन आग्रह गर्दछु।’

सरकारले रोजगारीका लागि विभिन्न मुलुकमा गएका नेपालीहरुलाई प्राथमिकताका हिसाबले नेपाल ल्याउने भनेपनि भारतमा रहेकाहरुलाई ल्याउने विषयमा केही योजना नभएको प्रति दुःख व्यक्त गरिन्।
रोजगारी गुमाएर लाखौ नेपालीहरु स्वदेश फर्किने अवस्थालाई मध्यनजर गर्दै सरकारले भोकमरीको समस्याबाट बच्न उनीहरुलाई श्रमको क्षेत्रमा जोड्ने योजना ल्याउनुपर्ने पनि उनले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .