प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गरेकी छन्।
बिहीबार मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा अनुगमनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री कार्कीले एकै चरणमा चुनाव हुने बताइन्। ‘ढुक्क र निश्चिन्त हुनुस्। एकै दिनमा हुन्छ चुनाव। दुई चोटि हुनेवाला छैन। तोकिएकै मितिमा हुन्छ,’ कार्कीले भनिन्।
उनले निर्वाचनको समयमा सबै भूगोलको मौसमसमेत अनुकुल रहने विश्वास व्यक्त गरिन्। सबै मतदाताले निर्वाध रूपमा मतदान गर्न पाउने उनको भनाइ थियो। ‘मलाई लाग्छ मौसम पनि राम्रो हुनेछ। सबैले मतदान गर्न पाउनुहुनेछ,’ उनले भनिन्।
निर्वाचनपछि निर्वाचित प्रतिनिधि सभालाई सरकार हस्तान्तरण गरी वर्तमान आफूहरू घर फर्किने उनले सुनाइन्। ‘निर्वाचित प्रतिनिधि सभालाई सरकार हस्तान्तरण गर्छौं र आफ्नो घर जान्छौँ,’ कार्कीले भनिन्।
उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्वाचन आयुक्तको भुमिका प्रसंशनीय रहेको बताइन्।
Shares

प्रतिक्रिया