ad ad

राजनीति


विवेकशील नेपालीले भन्याे: सरकार विदेशमा रहेका नेपालीकाे अभिभावक बन्न सकेन

विवेकशील नेपालीले भन्याे: सरकार विदेशमा रहेका नेपालीकाे अभिभावक बन्न सकेन

नेपालखबर
बैशाख २६, २०७७ शुक्रबार १२:४८,

विवेकशील नेपाली दलले कोरोनाको कहर बिच विदेशमा रहेका नेपाली बारे सरकारको प्रभावकारी गतिविधि नदेखिएको भन्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको ध्यानाकर्षण गराएको छ। साथै, सरकारले विदेशमा बसेका नेपालीको समस्यालाई सम्बोधन गर्न चाल्न सक्ने कदमहरूबारे समेत ८ बुँदे सुझावहरू पेस गरेको छ।

विवेकशील नेपालीले प्रवासमा बसेका नेपालीहरूको समस्या बारे वकालत गर्दै आएको छ। विभिन्न देशमा रहेको आफ्नो संगठनहरू मार्फत नेपालीहरूलाई सहयोग गर्ने, चिकित्सक अनि मोनोवैज्ञानिक परामर्श दिने काम समेत विदेशमै गर्दै आइरहेको छ। साथै, विवेकशील नेपाली दलले विदेशबाट फर्केका नेपालीलाई उनीहरूको योग्यता अनि क्षमता अनुसार स्वदेशमै व्यवस्थापन गर्न ‘वर्क फर नेपाल’ वेब पोर्टल समेत सञ्चालन गर्दै आइरहेको छ।

उक्त भेटमा विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डे, सूचना तथा सञ्चार विभाग प्रमुख आलोक सुबेदी, संघीय समिति सदस्य आशिष राई अनि प्रवास प्रदेशका सचिव जीवन कार्की उपस्थिति थिए।

भेटमा, विवेकशील नेपाली दलका नेताहरूले सरकारको काम गराई निकै ‘स्लो’ भएको अनि सरकार जति गम्भीर हुन पर्ने हो, त्यति नभएको भनेर चिन्ता व्यक्त गरेका थिए। विवेकशील नेपालीका नेताहरुले अहिले समस्या परेका नेपालीहरुलाई उद्दार अनि राहतको व्यवस्था गर्न अनि निकट भविष्यमा फर्किँदै गरेका नेपालीहरुलाई योजनावद्ध हिसाबबाट व्यवस्थापन गर्न योजना बनाउन सुझाव दिएका थिए।

जवाफमा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफूहरूले काम गरिरहेको कामको बारेमा जानकारी दिँदै, अहिले परिस्थिति त्यति सहज नभएको जानकारी गराएका थिए। ‘सरकारले योजना बनाएर काम गरिरहेको छ। हामी दूतावास मार्फत थप सक्रिय भएर काम गर्नेछौं’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने।

विवेकशील नेपालीका अध्यक्ष मिलन पाण्डेले सरकारले विदेशमा रहेका नेपालीको बारेमा सरकार गम्भीर नदेखिएकोमा चिन्ता व्यक्त गर्दै सरकारलाई अभिभावकत्व ग्रहण गर्न अपिल गरेका थिए। सरकारलाई आफूहरूले ‘वर्क फर नेपाल’ को डाटा, आफ्नो विदेशमा रहेको संगठन अनि विवेकशील नेपालीसँग भएको स्रोत साधन दिएर सहयोग गर्न तयार रहेको कुरा समेत बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .