ad ad

राजनीति


प्रधानमन्त्रीलाई भट्टराईको सुझाब : अब राजीनामा दिनुहोस्

प्रधानमन्त्रीलाई भट्टराईको सुझाब : अब राजीनामा दिनुहोस्

नेपालखबर
बैशाख २६, २०७७ शुक्रबार ११:५६,

जनता समाजवादी पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री  डा‍ बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिन सुझाब दिएका छन्।

शुक्रबार संसदको बजेट अधिवेशनको शुभारम्भ सत्रलाई सम्बोधन गर्दै सांसद भट्टराईले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन सुझाब दिएका हुन्।

उनले प्रधानमन्त्री ओलीलाई लोकतन्त्रको रक्षाका लागि, आफ्नो बनेको छवि कायम राख्न र जीर्ण शरीरलाई आराम दिन आग्रह गर्दै राजीनामा दिन सुझाब दिएका हुन्।

सरकारले ल्याएका राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश र सांसद अपहरणमा समेध प्रधानमन्त्री र उनका निकटका वयक्तिको नाम जोडिएको उनको आरोप थियो।

डा. भट्टराईले सरकारमा कति समय बस्यो भन्ने आधारमा त्यसको मूल्यांकन नहुने भन्दै कसले कस्तो कर्म गर्‍यो त्यसका आधारमा मूल्यांकन हुने र जनताले पनि त्यही आधारमा सम्झने बताए।

‘कुर्सीमा बसेर सत्ताको प्रयोग गरेर महान् भइँदैन, नैतिक आचारण ठूलो हुन्छ’, डा. भट्टराईले भने, ‘प्रधानमन्त्रीलाई मेरो आग्रह छ, तपाईं जुन उचाइमा पुग्नु भएको छ त्यही रहनुहोस्, तपार्यले अनावश्यक ढंगले यस्ता गतिविधमा संलग्न हुँदा तपार्यं आफैमाथि पनि अन्याय भएको छ, रोगले जीर्ण भएको शरीरलाई तपाईले आराम दिनुपर्छ, लोकतन्त्र र तपाईंको छविलाई बचाउन पनि तपाईंले राजीनामा दिन उपयुक्त हुन्छ।’

‘राजनीतिमा नैतिकता भन्ने कुरा ठूलो हुन्छ, सम्मानीय प्रधानमन्त्रीलेृ जुन उचाइ प्राप्त गर्नुभएको छ, उहाँसग मेरो विनम्र आग्ह छ हामीले सत्तामा कति समय बस्यौँ भन्ने आधारमा मान्छेले मूल्यांकन गर्दैन’, उनले भने’, कुसीमा बस्दैमा, पद ठूलो होइन्, मान्छेले के सत्कर्म ग¥यो भन्ने कुरा प्रमुख हो। माहात्म गान्धी, जयप्रकाश नारायाण, गाैतमबुद्ध कहिल्यै कुसीमा बसेनन्, उनीहरुलाई सम्झन्छन् मान्छेले।’

यो देशमा ३८ जना प्रधानमन्त्री भइसकेको र बीपी कोइराला लगायतका एक/दुई जनालाई मात्रै जनताले सम्झने बताए। उनले आफू पनि प्रधानमन्त्री भएका कारण जनताले कस्तो बेला सम्झन्छने् भन्ने बताउन सक्ने दावी समेत गरे। 

उनले प्रधानमन्त्रीकाे राजीनामाले समाज र देशको गतिलाई उचित निकास दिनुका साथै लोकतन्त्र सुनिश्चित हुने र देशले नयाँ दिशा पक्रने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .