नेपाली कांग्रेसले केन्द्रीय कार्यालयको कार्यवाहक मुख्य सचिवको जिम्मेवारी कृष्णप्रसाद दुलाललाई दिएको छ।
कांग्रेस सभापति गगन थापाले दुलाललाई कार्यवाहक मुख्य सचिवको जिम्मेवारी दिएका हुन्। उनी यसअघि सचिव रहेका थिए।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (१०), नेपाली कांग्रेसको नियमावली, २०७६ को नियम ४६ (ग) तथा नेपाली कांग्रेस कर्मचारी विनियमावली, २०७९ को नियम १४ (क) बमोजिम अर्को व्यवस्था नहुन्जेलसम्मका लागि उनलाई कार्यवाहक मुख्य सचिवको जिम्मेवारी दिइएको सचिव प्रकाश शर्माले जानकारी दिए।
यसअघि मुख्य सचिव रहेका कृष्णप्रसाद पौडेलले माघ ८ गते राजीनामा दिएका थिए। कांग्रेस सभापति थापाले पौडेलले दिएको राजीनामा स्वीकृत गरेका छन्। पौडेल २०७३ वैशाख २७ मा मुख्य सचिव नियुक्त भएका थिए।
105
Shares

प्रतिक्रिया