राजनीति


बालेनले गरे खुवालुङको दर्शन, भने- जीवित सांस्कृतिक आध्यात्मिक परम्पराको प्रतीक

बालेनले गरे खुवालुङको दर्शन, भने- जीवित सांस्कृतिक आध्यात्मिक परम्पराको प्रतीक

नेपालखबर
माघ २१, २०८२ बुधबार १५:३४, काठमाडौँ

पूर्वी तराईको चुनावी यात्रामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले खुवालुङको दर्शन गरेका छन्। 

बुधबार सप्ताकोसी पुगेर शाहले खुवालुङको दर्शन गरेका हुन्। उनले यसलाई पवित्र स्थलका रुपमा व्याख्या गरेका छन्। 

खुवालुङ दर्शनपछि सामाजिक सञ्जालमा शाहले लेखेका छन्, ‘खुवालुङ सप्तकोशी क्षेत्रमा अवस्थित किराँती तथा नेपालीहरूका लागि पवित्र स्थल हो, जसलाई मुन्धुममा सभ्यताको द्वार मानिन्छ।’

यसका क्रममा उनले खुवालुङलाई अध्यात्मिक परम्पराको प्रतीकका रुपमा अर्थ्याएका छन्। ‘मुन्धुम पाठ र जीवनचक्र संस्कारहरूमा यसको अनिवार्य स्मरण हुने भएकाले यो जीवित सांस्कृतिक-आध्यात्मिक परम्पराको प्रतीक हो,’ उनले भनेका छन्। 

यसलाई उनले सामुहिक प्रतिनिधित्व्को रुपमा व्याख्या गरेका छन्। शाहले भनेका छन्, ‘यसले किराँती सभ्यता, आदिवासी पहिचान र मानव–प्रकृति सम्बन्ध झल्काउँदै इतिहास, धर्म र संस्कृतिको सामुहिक प्रतिनिधित्व गर्छ।’

उनी पूर्वी तराईका मोरङ र सुनसरीका विभिन्न क्षेत्रको भ्रमण गरिरहेका छन्। यस क्रममा रास्वपाका उम्मेदवारसँग भेटघाट गरिरहेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad