नेकपा (एमाले) का सचिव डा. राजन भट्टराईले संसद् पुनर्स्थापना लोकतन्त्र र संविधानलाई सहज बाटोमा फर्काउने उपाय भएको बताएका छन्।
बुधबार प्रेस चौतारी नेपालले काठमाडौँमा आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै सचिव भट्टराईले एमाले नीतिगत रूपमा अहिले पनि संसद् पुनर्स्थापनाको पक्षमा रहेको बताए। ‘यस (संसद् पुनर्स्थापना)ले लोकतन्त्र र संविधान सहज बाटोमा फर्कन्छ भन्नेमा हामी विश्वस्त छौँ’, भट्टराईले भने।
उनले जनताबाट अनुमोदित हुन निर्वाचनमा जाने प्रक्रियाबाट एमाले कहिल्यै नभाग्ने पनि बताए। ‘जनताबाट अनुमोदित हुन निर्वाचनमा जाने कुराबाट एमाले भाग्दैन’, उनले भने। उनी काठमाडौँ-४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका छन्।
144
Shares

प्रतिक्रिया