परिवर्तनका लागि नयाँ सोच र खोज अभियान, नेपालले माघ २१ गते माइतीघरमा खबरदारी सभा गर्ने भएको छ।
सोमबार अभियानका संयोजक कृष्णप्रसाद बजगाईले प्रेस विज्ञप्ति जारी गरी खबरदारी सभा गर्न लागेको जनाएका छन्। सामाजिक, राजनीतिक तथा नीतिगत अवस्थामाथि नयाँ सोच, खोज र बसह अघि बढाउने उद्देश्यले खबरदारी सभा गर्ने लागिएको उल्लेख छ।
माइतीघरमा हुने खबरदारी सभा शान्तिपूर्ण हुने बजगाईंले जनाएका छन्। सभामा अभियानका धारणा, उदेश्य तथा भावी योजनाबारे पनि जानकारी दिने उनले बताए।
33
Shares

प्रतिक्रिया