नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ राष्ट्रिय शक्तिको निर्माणको लागि कम्युनिस्ट पार्टीहरुबीचको एकता आवश्यक रहेको बताएका छन्।
सोही आवश्यकता महसुस गरेर नै कम्युनिष्ट पार्टीबीचको एकतालाई आफूले अघि बढाएको उनले बताए।
शनिबार सोलु–काठमाडौँ सम्पर्क समन्वय समितिले पेरिसडाँडामा आयोजना गरेको ‘निर्वाचन विशेष तथा बृहत् भेला’लाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट शक्तिबीचको एकतामा जोड दिएका हुन्।
‘राष्ट्रिय स्वाधिनताको रक्षा तथा वैदेशिक षडयन्त्रलाई परारस्त गर्न हामीले नेपाली कम्युनिष्ट पार्टी निर्माण गरेका हौँ,’ उनले भने।
‘निर्वाचनमार्फत जनअपेक्षा पूरा गर्ने सङ्कल्पका साथ पार्टी एकता गरिएको हो,’ उनले भने, ‘असाधारण परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्दछु।’
Shares

प्रतिक्रिया