राजनीति


प्रधानमन्त्री सुशीला कार्कीले गरिन् निर्माणाधीन काठमाडौँ-तराई द्रुतमार्गको निरीक्षण

प्रधानमन्त्री सुशीला कार्कीले गरिन् निर्माणाधीन काठमाडौँ-तराई द्रुतमार्गको निरीक्षण

नेपालखबर
माघ १३, २०८२ मंगलबार १०:२७, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले निर्माणाधीन काठमाडौँ-तराईँ- मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)को निरीक्षणमा गरेकी छन्। 

मंगलबार बिहान ललितपुरको खोकनाबाट प्रधानमन्त्री कार्कीसहितको टोलीले द्रुतमार्गको निरीक्षण सुरु गरेको प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए।

प्रधानमन्त्री कार्कीसँगै भौतिकपूर्वाधारमन्त्री माधव चौलाई, परराष्ट्रमन्त्री बालानन्द शर्मा, नेपाली सेनाको प्रमुख अशोक सिग्देल लगायतले पनि द्रुतमार्गको निरीक्षण गरेका छन्।  

सरकारले काठमाडौँ–तराईरमधेश द्रुत मार्ग (फास्ट ट्र्याक)लाई राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरेर निर्माण गरिरहेको छ। यस राजमार्गको निर्माण नेपाली सेनाले गरेको हो। 

नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता राजाराम बस्नेतका अनुसार ललितपुरको खोकनाबाट बाराको निजगढसम्म यसको दुरी ७०.९७ किलोमिटर छ। यस राजमार्गमा अहिलेसम्म विशेष प्रकृतिका १३ वटा पुल निर्माण भइसकेका छन्। कतिपय पुल ८२ मिटरसम्म उचाइका छन्। 

आयोजनाका विभिन्न खण्डमा करिब १३ किलोमिटर लम्बाइका कुल ८९ वटा पुल निर्माण गर्ने तयारी छ। राजमार्गको ३३.६२ प्रतिशत खण्डमा पुल र सुरुङ निर्माण भइरहेको नेपाली सेनाले जनाएको छ। 

सबै पुलको कुल लम्बाइ १२.८८५ किलोमिटर छ। यस आयोजनाको काठमाडौँतर्फबाट प्रस्थानविन्दुका रूपमा रहेको खोकनामा जग्गा अधिग्रहणसम्बन्धी समस्याका कारण त्यहाँ निर्माण कार्य अघि बढ्न सकेको छैन। त्यस क्षेत्रमा निर्माण हुने चार वटा पुलको अहिलेसम्म ठेक्का प्रक्रियासमेत अगाडि बढेको छैन।  

राजमार्गको कतिपय ठाउँमा भने सडक कालोपत्र गर्ने कामसमेत सुरु भइसकेको छ।  द्रुतमार्गमा निर्माणाधीन सात वटा सुरुङमध्ये दुई वटा छिचोलिसकिएको सैनिक प्रवक्ता बस्नेतले बताए।

लेनडाँडाको एक किलोमिटर ६२२ मिटर र धेद्रेको एक किलोमिटर ६९० मिटरको सुरुङ छिचोलिएको हो। छिचोलिएको दुवै सुरुङमा भित्तो प्लास्टरको काम भइरहेको छ। यस आयोजना अन्तर्गत सात वटा सुरुङ निर्माण भइरहेका छन्, जसको कुल लम्बाइ १०।९७९ किलोमिटर छ। 

आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार मुलुककै रणनीतिक महत्वको द्रुतमार्ग निर्माण भएर सञ्चालनमा आएपछि सो मार्ग भएर दैनिक पाँच हजारभन्दा बढी सवारीसाधन गुड्ने छन्। काठमडौँबाट तराई एकडेढ घण्टामै पुगिने छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad