राजनीति


सामाजिक सञ्जालमा हिंसात्मक अभिव्यक्ति दिने स्वागत नेपालले मागे माफी

सामाजिक सञ्जालमा हिंसात्मक अभिव्यक्ति दिने स्वागत नेपालले मागे माफी

नेपालखबर
माघ १२, २०८२ सोमबार १७:९, काठमाडौँ

झापा–२ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि सभा सदस्यका उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत नेपाल) ले प्रहरीसमक्ष माफी मागेका छन्। 

नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा समाजमा हिंसालाई प्रशय दिने अभिव्यक्ति दिई भ्रम सृजना गरेको भन्दै उनलाई नियन्त्रणमा लिएको थियो।

झापा जिल्लाको बिर्तामोड नगरपालिका–७ घर भएका ५० वर्षीय स्वागत नेपालले चुनावी प्रचार प्रसारको क्रममा सामाजिक सञ्जालबाट ‘जसले पृथ्वी नारायण शाहको विरोध गर्दछ। त्यसको टाउको काटिन्छ, काट्नु पर्छ, म काट्न तयार हुन्छु’ भन्ने अभिव्यक्ति दिएका थिए।

सार्वजनिक नैतिकता र शिष्टाचार विरुद्धका समाजमा हिंसालाई प्रशय गर्ने खालका कानुन विपरीतका अभिव्यक्तिहरू दिएको भन्दै ब्यूरोले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। 

नेपालले ‘अब उप्रान्त यस्तो गलत अर्थ लाग्ने अभिव्यक्ति दिने छैन। कानुनको पालना गर्ने गरी अभिव्यक्ति दिने छु’ भनि लिखित कागज गरेका ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जनाएका छन्।

माफीपछि प्रहरीले उनलाई खोजी भएका बखत उपस्थित हुने छाडेको छ। 

साथै, सामाजिक सञ्जाल लगायत अन्य डिजिटल प्लेटफर्महरूमा कानुन विपरीतका अभिव्यक्ति दिने तथा श्रव्य दृश्य सामाग्रीहरू प्रसारित गर्ने उपर समेत ब्यूरोबाट निगरानी भइरहेको र यस्ता गतिविधिमा संलग्नता पुष्टि भएमा कानुन बमोजिम कारबाही ब्यूरोले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad