राजनीति


गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ

गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ

फाइल तस्बिर


नेपालखबर
माघ १२, २०८२ सोमबार ९:१९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गोरखा–१ को उम्मेदवार बनेका सुदन गुरुङले गत भदौमा भएको जेनजी आन्दोलनको क्रममा पहिला गोली चलेपछि मात्रै अन्य विध्वंश भएको बताएका छन्। 

जेनजी आन्दोलनपछि त्यसको अगुवा बनेका गुरुङले सामाजिक सञ्जालमा सरकारले आन्दोलनकारी युवाहरूलाई गोलीले ढालेपछि मात्रै सिंहदरबार जलेको बताएका हुन्। 

‘गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो,’ गुरुङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बच्चाहरू सुरुमा ढलेका हो, त्यसपछि मात्र संरचना बलेको हो। स्मरण रहोस्!’ 

झापा ५ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीले यो निर्वाचनमा देश बनाउने र देश जलाउनेबीच प्रतिस्पर्धा हुने बताएपछि रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)देखि सुरुङसम्मले ओलीको अभिव्यक्तिको प्रतिवाद गरिरहेका छन्। 

ओलीले सार्वजनिक बहसका लागि राखेको प्रस्तावलाई अस्वीकार गर्दै बालेनले ओलीसँग एउटै मञ्चमा नउभिने घोषणासमेत गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad