राजनीति


कांग्रेसले केन्द्रीय कार्यालय भवन पुनर्निर्माणका लागि बनायो समिति

निवर्तमान कोषाध्यक्ष उमेश श्रेष्ठ संयोजक
कांग्रेसले केन्द्रीय कार्यालय भवन पुनर्निर्माणका लागि बनायो समिति

नेपालखबर
माघ ९, २०८२ शुक्रबार १८:२२, काठमाडौँ

नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यालय भवन पुनर्निर्माणका लागि समिति गठन गरेको छ।

शुक्रबार सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले निवर्तमान कोषाध्यक्ष उमेश श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको प्रवक्ता देवराज चालिसेले जनाएका छन्। 

सभापति गगन थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा महामन्त्री प्रदीप पौडेलले विभिन्न प्रस्ताव प्रस्तुत गरेका थिए। 

बैठकले विभिन्न पाँचवटा निर्णय गरेको प्रवक्ता चालिसेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट सभापति थापालाई भावी प्रधानमन्त्री उम्मेदवारका लागि नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले गरेको प्रस्ताव र उपसभापति पुष्पा भुसालको गरेको समर्थनलाई सर्वसम्मत पारित गरेको छ।

यस्तै, निर्वाचनका लागि प्रवक्ता चालिसेको संयोजकत्वमा केन्द्रीय प्रचार प्रसार समिति गठन गरेको छ।

कांग्रेसले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट आवश्यक समन्वय गर्न उपसभापति पुष्पा भुसाललाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ।

बैठकले नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने निर्णय पनि गरेको छ।\

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad