राजनीति


सिन्धुली २ मा बागी उम्मेदवार खडा गर्ने हरिबोललाई कारबाही गर्न नेकपाका केन्द्रीय सदस्यहरूको माग

कोसीको इन्चार्जबाट पनि हटाउनु पर्ने
सिन्धुली २ मा बागी उम्मेदवार खडा गर्ने हरिबोललाई कारबाही गर्न नेकपाका केन्द्रीय सदस्यहरूको माग

नेपालखबर
माघ ८, २०८२ बिहिबार १५:१५, काठमाडौँ

सिन्धुली २ मा नेकपाका बागी उम्मेदवारलाई समर्थन गर्ने हरिबोल गजुरेललाई कारबाही गर्न सुनसरीमा कार्यरत पार्टीका केन्द्रीय सदस्यहरूले माग गरेका छन्। 

उनीहरूले आइन्दा गजुरेललाई पार्टी इन्चार्जको रूपमा कोसी प्रदेशमा नपठाउन पनि केन्द्रीय कार्यालयको ध्यानाकर्षण गराएका छन्

बिहीबार सुनसरी भूगोलमा कार्यरत पार्टीका केन्द्रीय सदस्यहरूको बैठकले यस्तो निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य निर्मल बरालले जानकारी दिए। 

‘आज सुनसरी भूगोलमा कार्यरत पार्टी केन्द्रीय समिति सदस्यहरुको बैठकले आफ्नो कार्यक्षेत्र भन्दा बाहिर गएर सिन्धुलीमा बागी उमेदबारको प्रस्ताबक बस्ने प्रदेश इन्चार्ज हरिबोल गजुरेललाई अबिलम्ब कार्बाहीको दायरामा ल्याउन केन्द्रीय कार्यालयको ध्यानाकर्षण गराउने निर्णय गरेको छ,’ बरालले भने, ‘यो अनुशासनसँग सम्बन्धित विषयको निर्णय नहुन्जेल इन्चार्जलाई कोसी प्रदेसमा नपठाउन पनि सुझाब दिने सर्बसम्मत निर्णय गरिएको छ।’

नेकपाले सिन्धुली २ मा निवर्तमान सांसदसमेत रहेका लेखनाथ दाहाल (राजन)लाई टिकट दिएको थियो। त्यसै अनुसार उनले उम्मेदवारी दर्ता गराएका छन्। 

तर, गजुरेलसहित नेकपाको असन्तुष्ट पक्षले भने महेश्वर दाहाललाई सिन्धुली २ मा बागी उम्मेदवार बनाएका छन्। 

महेश्वरले बागी उम्मेदवारी दिँदा गजुरेलले साथ दिएका छन्। उनी प्रस्तावक बनेपछि नै महेश्वरले उम्मेदवारी दिएका हुन्। 

सिन्धुली २ गजुरेलले निरन्तर चुनाव जित्दै आएको क्षेत्र हो। तर, यहाँ २०७९ को चुनावमा पार्टीले राजन दाहाललाई टिकट दिइएको थियो। 

त्यतिबेलादेखि नै हरिबोल उनीसँग असन्तुष्ट रहेका थिए। हरिबोलको असहयोग हुँदा पनि राजनले ०७९ को निर्वाचन जितेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad