कारोबार


तीनवटा सेयरमा सकारात्मक ‘सर्किट’, बजारमा ९ अर्बको कारोबार

तीनवटा सेयरमा सकारात्मक ‘सर्किट’, बजारमा ९ अर्बको कारोबार

नेपालखबर
माघ ८, २०८२ बिहिबार १५:१५, काठमाडौँ

सेयरबजारमा बिहीबार सुधार देखिएको छ। 

बुधबारको करेक्सनपछि साताको अन्तिम कारोबार दिन नेप्से ९.२३ अंकले बढेको हो। 

योसँगै बजार २७१४.६१ विन्दुमा पुगेको छ। यस दिन ९ अर्ब ७ करोडको कारोबार भएको छ। कुल १ करोड ९० लाख कित्ता बिक्रीपछि यो परिमाणको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

बिहीबार १६२ वटा सेयरको मूल्य बढ्दा ८८ वटाको मूल्य घटेको र १० वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ। 

बढेकामध्ये एसवाई प्यानल, श्रीनगर एग्रिटेक र त्रिशूली जलविद्युत् कम्पनीको सेयरमा सर्किट ब्रेक हुँदा लगानीकर्ताले क्रमशः १५५.५०, १२७.१० र ३८.७० रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका छन्। यसबाहेक कर्पोरेट डेभलपमेन्ट बैंकको ९.९९ र एक्सेल डेभलपमेन्ट बैंकको ९.८७ प्रतिशतले बढेको छ। 

घटेकामध्ये कालिका पावर कम्पनी ६.२५ प्रतिशतले ओरालो लाग्दा सानिमा ग्रोथ फन्ड २.८०, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त २.२६, मैलुङ खोला जलविद्युत् २.२६ र गोर्खाज फाइनान्स २.२४ प्रतिशतले ओरालो लागेका छन्। 

आज आखु खोला जलविद्युत्को ४० करोडको सर्वाधिक खरिदबिक्री हुँदा मञ्जुश्री फाइनान्स ३५ करोड, एसवाई प्यानल ३२ करोड, बन्दीपुर केबलकार २८ करोड र श्रीनगर एग्रिटेकको २४ करोडको सेयर कारोबार भएको नेप्सेले जनाएको छ। 

आज कुल ९४ हजार १ सय ७४ पटक सेयर किनबेच भएका थिए। 

बिहीबारको कारोबारमा वाणिज्य बैंक, सामूहिक लगानी कोष र व्यापार समूह घट्दा बाँकी सबै बढेको नेप्सेले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad