राजनीति


कांग्रेस नफुटोस् भनेर बीचको बाटो लिएँ : डा. शेखर कोइराला

कांग्रेस नफुटोस् भनेर बीचको बाटो लिएँ : डा. शेखर कोइराला

नेपालखबर
माघ ८, २०८२ बिहिबार १५:१२, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी फुटबाट जोगाउन मध्यमार्गी धार अपनाएको बताएका छन्। 

बिहीबार मोरङ-६ को सुन्दरहरैंचामा आयोजित पार्टी अगुवा कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा नेता कोइरालाले कांग्रेसलाई जोगाउनका लागि आफूले शान्त र सौम्य पक्षलाई रोजेको बताएका हुन्। विशेष महाधिवेशनमा सहभागि नभएको विषयमा प्रस्ट्याउँदै कोइरालाले भने, ‘म विशेष महाधिवेशनमा गएको भए पार्टी विभाजन हुन सक्थ्यो। पार्टी नफुटोस भनेर मैले बीचको बाटो लिएको हो।’

विशेष महाधिवेशन पार्टीको प्रक्रिया भएको बताउँदै उनले अब त्यसलाई बिर्सेर अघि बढ्नुपर्ने बताए। ‘यो पार्टीको एउटा प्रक्रिया हो। आज डिला (डा. डिला संग्रौला) जी र म एकै स्थानमा छौँ, निर्वाचन दौडमा सँगै हिडिरहेका छौँ। त्यसैले महाधिवेशनको विषय सकियो, त्यसतर्फ नजाऔँ,’ कोइरालाले भने। 

जेनजी आन्दोलन अघिसम्म मोरङ-६ र मुलुकको हितमा सांसदको भूमिकामा रहँदा नीति निर्माणदेखि जनताको जीवन सहज बनाउनेतर्फ केन्द्रित रहेको उनको भनाइ थियो। ‘सांसद रहँदा संसद भ्रष्टाचारको विरुद्ध र सुशासन ल्याउने पक्षमा बोलिरहेँ। संसद् भित्र र बाहिर लडिरहेँ,’ उनले भने। 

पार्टी फुटाएर हिड्नुभन्दा पनि पार्टीलाई जोडेर निकास दिनु नै अहिलेको उत्तम विकल्प रहेको उनको बताए। पार्टीलाई नफुटाई निर्वाचनमा एकढिक्का बनाएर लैजाने दायित्व आफ्नो भएकाले बीचको बाटो समातेको उनको जिकिर थियो। 

प्रतिनिधि सभा निर्वाचनका लागि कांग्रेस अघि बढिसकेको बताउँदै नेता कोइरालाले निर्वाचनले मुलुकलाई निकास दिने बताए। उनी मोरङ-६ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad