राजनीति


कोरोनाको महामारीका बेला पनि सरकारले हिंसा र आतंक मच्चाउन खोज्यो : विप्लव

कोरोनाको महामारीका बेला पनि सरकारले हिंसा र आतंक मच्चाउन खोज्यो : विप्लव

नेपालखबर
बैशाख २५, २०७७ बिहिबार ६:५९,

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले केपी शर्मा ओली नेतृत्वको सरकारले हिंसा र आतंक मच्चाउन लागिपरेको आरोप लगाएका छन्।

पार्टीका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख अनिल शर्मा ‘विरही’, इलाम जिल्ला ईन्चाज पुष्प कोइराला लागायतका नेताहरुलाई सरकारले गिरफ्तार गरेपछि महासचिव विप्लवले एक विज्ञप्ति प्रकाशित गर्दै सरकारले आफ्नो असफलता र बदनामीबाट जनताको ध्यान मोड्न यसखालको हर्कत गरिरहेको बताएका छन्।

नेकपाले कोरोनाको महामारी जनताले भोग्नुपरेका समस्यालाई ध्यान दिँदै पार्टीको कारबाही स्थगत गरेको समेत उनले जानकारी दिँदै उनले सरकारका यस्ता हर्कतको प्रतिरोधका लागि तयार रहन पार्टी पंक्तिलाई निदृेशन समेत दिएका छन्।

‘कोरोनाको महामारीमा जनताले भोग्नुपरेको समस्यालाई ध्यान दिँदै पार्टीको काराबाही स्थगनलाई बेवास्था गर्दै केपी सरकारले आतंकर हिंसा मच्चाउन खोजिरहेको छ। आफ्नो असफलता र बदनामीबाट जनताको ध्यान मोड्न गरिरहेको षड्यन्त्र र फासिस्ट दमनप्रति सबै नागरिक, मानव अधिकारकर्मी र राजनीतिक पार्टीको ध्यान पुगोस भन्ने हाम्रो आग्ह छ’, विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘साथै केपी सरकारको अमानवीय दमनको व्यापक भण्डाफोर गर्न र हरदम पूर्ण प्रतिरोध मानसिकतामा रहन पार्टी पंक्तिलाई निर्देशन गर्दछ।’

प्रहरीले नेता विरहीलाई मंगलबार उपचारका क्रममा चितवनको भरतपुरस्थित पुरानो मोडिकल कलेजबाट गिराफ्तार गरेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad